१६ जेठ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी पुरस्कृत भएका छन् ।

स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाले एसपी चक्रराज जोशीलाई पुरस्कृत गरेको हो ।
एसपी चक्रराज जोशीलाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पूजा सिंहले पुरस्कृत गरेकी हुन् । उक्त अवसरमा जोशीले काभ्रेपलान्चोक जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।








