Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक नरेश र एन्जलको ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक !

प्रहरी निरीक्षक नरेश शाही द्वारा लेखिएको ट्राफिक सचेतना सम्बन्धीको गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा एक कार्यक्रमको आयोजना गरि ट्राफिक प्रहरी प्रमुख एसएसपी उमेशराज जोशीले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

ट्राफिक सचेतना सम्वन्धि गीतको सार्वजनिक कार्यक्रममामा उपत्यकाका तिनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका हरेक ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

ट्राफिक जनचेतनामुलक गीतमा प्रहरी निरीक्षक शाहीको लेखनका साथै गीतमा स्वर पनि शाहीकै रहेको छ भने उनलाई गायिका एन्जल प्रिन्सेसले फिमेल भोकलमा साथ दिएकी छिन् । गीतको एरेन्ज तथा मिक्सिङ विपीन आचार्यको रहेको छ भने रेकर्डिङ्ग निरज ओलीले गरेका हुन् ।

यस्तै यो गीतको डाइरेक्सन समेत गीतकार तथा गायक शाहीलेनै गरेका छन् भने स्वरमा जस्तै डाइरेक्सनमा पनि प्रिन्सेस एन्जलले साथ दिएकी छिन् । भिडियोको सहायक निर्देशन सुजन बज्राचार्यको रहेको छ र छायांङ्कन् मोहन कुमार ‘झिल्लु’ले गरेका छन् भने ईडिटीङ्ग अनिल कुमार महर्जनको रहेको छ ।

एक वर्ष महानगरिय ट्राफिक प्रहरी परिसर सातदोबाटो ललितुपरमा कार्यालय प्रमुख रहेर कार्य गर्दा प्रहरी निरीक्षक शाहीले फिल्डमा जे देखे र भोगे ति कुराहरुलाई गीतमा समाबेस गरिएको छ । प्रहरी निरीक्षक शाहीका अनुसार मानिसहरुलाई ट्राफिक नियम उलंङ्घन गरेबापत कारवाही गरेर मात्र ट्राफिक दुर्घटना न्युनिकरण गर्न सम्भव नरेहकोले कारवाही भन्दा पनि उनिहरुमा ट्राफिक सचेतना फैलाउनु ठुलो कुरा रहेछ ।

ट्राफिक जनचेतना कसरी फैलाउने भन्ने बारेमा आफुले धेरै अध्यन गरेको र यसबारेमा धेरै यस्ता जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरेको प्रहरी निरीक्षक शाही बताउछन् । यसै सन्दर्भमा सबैले बुझ्ने र ध्यान दिने भनेको गीत र सुमधुर संगीत पनि भएकोले गीतको माध्यामबाट आम सर्वसाधारणमा ट्राफिक सचेतना फैलाउन आफुले यस्तो प्रयास गरेको उनको भनाई छ ।

साथै ट्राफिक दुर्घटना न्युनिकरणमा ट्राफिक प्रहरीको मुख्य दायित्व रहेपनि हरेक आम नागरिकहरुले आफ्नो दायित्व होईन भनि पन्छिन नहुने प्रहरी निरीक्षक शाहीको भनाई छ । ट्राफिक दुर्घटनाको दैनिक, मासिक, त्रैमासिक र वार्षिक दुर्घटनाको रेकर्ड हेर्दा बढीजस्तो देखिएपनि सवारीसाधनको वृद्धीका हिसावले केही न्युनिकरण भएको देखिन्छ ।

यतिले मात्र पुग्दैन, यो भन्दा धेरै कम वा न्युनिकरण गर्नु पर्दछ । यसमा ट्राफिक प्रहरी लगायत राज्यका सबै संयन्त्र र हरेक नागरिकले आ-आफ्नो दायित्व बोध गर्नुपर्दछ, प्रहरी निरीक्षक शाहीले भने ।                                                                                                                                                https://m.youtube.com/watch?v=ENpeoLVGFzE&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै