Comments Add Comment

Advertisment

SKIP THIS

गायक मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरी नेपालमा

२० जेठ , काठमाडौं । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई खोजी गर्दै दिल्ली प्रहरीको विशेष टोली नेपाल आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गायक मुसेवालाको हत्या प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा सिद्धूलाई गोली हान्ने सुटर नेपालमा हुनसक्ने आशंकामा दिल्ली प्रहरी नेपाल आएको इन्डिया टुडेलगायत सञ्चारमाध्यमले जनाएका छन् ।

खुला सीमाको फाइदा उठाउँदै गायक सिद्धूलाई गोली हान्ने नेपाल प्रवेश गरेको गोप्य सूचनाको आधारमा दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आइपुगेको स्रोतलाई उद्धृत गर्दै इण्डिया टुडेले लेखेको छ । यद्यपि उक्त टोली नेपालको कुन क्षेत्रमा पुगेको र के गरिरहेको भन्नेबारे विस्तृत जानकारी दिइएको छैन ।

पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार मुसेवालाको हत्या भएको थियो । पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको केही घण्टापछि दिल्लीको प्रहरी टोलीलाई नेपाल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुसेवालाको हत्याका लागि बोलेरो कार उपलब्ध गराएको आरोपमा प्रहरीले फतेहबादको भिरडाना गाउँबाट मंगलबार दुई जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै