२३ जेठ , काठमाडौं । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए । प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
‘
आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लाग्यो ।’ बाँकेका डीएसपी न्यौपानेले भने, ‘अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ ।’ प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।
बाँकेमा किशोरीमाथि सामूहिक बलात्कार , ७ जना पक्राउ
प्रकाशित मिती : २०७९ जेठ २३ गते , सोमबार
० प्रतिक्रिया
छुटाउनुभयो कि? सबै
दुबईदेखि काठमाडौंमा सुन तस्करी , ७ जना पक्राउ
२०७९ जेठ २३ गते , सोमबार
चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ
२०७९ कात्तिक २९ गते , मंगलबार
मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने ७ जनालाई पक्राउ
२०७९ जेठ ४ गते , बुधबार
विभिन्न स्थानमा अवैध लागूऔषधसहित ७ जना पक्राउ
२०७९ भाद्र २० गते , सोमबार






