Comments Add Comment

Advertisment

SKIP THIS

तामाकोशी पाचौं र राहुघाट जलविद्युत आयोजनाका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत

२४ जेठ , काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न नेपाल लगानी बोर्ड बैठकले दुइटा जलिविद्युत आयोजना निर्माण तथा विकासका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत गरेको छ ।

लगानी स्वीकृत हुनेमा दोलाखा जिल्लामा रहेको तामाकोशी पाचौं र म्याग्दी जिल्लामा रहेको राहुघाट जलविद्युत आयोजना हुन् । तामाकोशी पाचौं ९९.८ मेगावाट क्षमताको आयोजना हो । यसको लागत १६ अर्ब ४५ करोड ९८ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका लागि नौ अर्ब ४७ करोड ३० लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै