Comments Add Comment

Advertisment

SKIP THIS

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न लेखक संघको माग

२५ जेठ काठमाडौं । नेपाली लेखक संघले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्न माग गरेको छ।

संघले बुधबार विज्ञप्ति जारी गरी अंग्रेजीमा मात्र नम्बर प्लेट राखेर नेपालमै नेपाली भाषाको अवमूल्यन भएको भन्दै इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेको हो । यस विषयमा संघले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बेवास्ता गरिएको संघको आरोप छ।

नेपालको साझा सम्पर्क भाषामा सवारीसाधनको नम्बर प्लेट हुुनुपर्नेमा जनस्तरबाट आवाज उठिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने संघको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै