Comments Add Comment

Advertisment

SKIP THIS

नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न मिल्दैन : प्रदीप ज्ञवाली

१ असार , काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले श्रृंखलाबद्ध परराष्ट्र नीतिमा विचलनका घटना भएको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले बुधबार प्रतिनिधिसभा बैठकको सुरूमा बोल्दै नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्ने बताए ।

अमेरिकासँग हुन लागेको भनिएको एसपीपी सम्झौतामाथि प्रश्न गर्दै उनले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन ।’

सरकारले हस्ताक्षर गर्न भनेर तयार गरेको डकुमेण्टले केही गम्भीर प्रश्न उठाएको उनले बताए । उनले भने, ‘हामी सबैका मित्र हौँ । उहाँहरूका ग्लोबल एजेण्डाका साथी बन्न सक्दैनौँ भनेर भन्न सक्दैन भने यो सरकारलाई सरकारमा बस्ने नैतिकता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment