२ असार , काठमाडौँ । आज सेयर बजार १२.५७ अंकले बढेको छ ।
आज बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ कारोबार भएको छ ।
बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको मूल्य ५४२.५० रुपैयाँ पुग्यो । रिभर फल्स पावरको मूल्य ९.९७ प्रतिशतले बढेर २९० रुपैयाँमा पुग्यो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ९.९६ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ ।
राष्ट्र उत्थान लघुवित्त, माउण्टेन इनर्जीसहितका कम्पनीको मूल्य समेत धेरै घटेको छ । बिहीबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ ।



