२ असार , काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिकाश खनालद्धारा जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । १ नम्बर प्रदेश संघीय प्रहरी इकाई धरानका प्रहरी वरिष्ठ उपरीक्षक बिकाश खनालले जिल्ला प्रहरी कार्यालय बाँके कार्यालयमा अपराध अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण गर्नुका साथै अपराध अनुसन्धानमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निति निर्देशन समेत दिनु भएको थियो ।
निरीक्षण तथा निर्देशनको क्रममा एसएसपी खनालले सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन शिष्ट नम्र व्यवहार र कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न सम्पुर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका छन ।

प्रहरीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुहुँदै मोरङ जिल्लाभर हुण्डी कारोबारी,कालो बजारी,चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।





