Comments Add Comment

अर्काको ट्रायल दिने क्रममा पक्राउ

४ असार , काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि अर्काको परीक्षा दिने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।

आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिने क्रममा उनी पक्राउ परेका हुन्। थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित प्रयोगात्मक परीक्षामा उनी सहभागी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै