Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी सहायक हवल्दार बिनोद ओझा बने एक नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी

ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

ईटहरी उपमहानगरपालिका-४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिवन्धित लागूऔषधसहित पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका ओझालाई एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेठ महिनाको महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

साथै ओझाले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याई नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको जनाएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै