Comments Add Comment

Advertisment

SKIP THIS

विवाह गर्ने भन्दै करणी, युवतीको साथमा रहेको एक लाख रुपैयाँ र सुन समेत लिएर फरार युवक समातिए

७ असार , काठमाडौं । प्रहरीले जवर्जस्तिकरणीमा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले काभ्रेपलान्चोक तिमाल गाउँपालिका वडा नम्बर ९ घर भएका ३० वर्षीय भोटे, जय, आशिष भन्ने बिश्‍व तामाङलाई पक्राउ गरेको हो।

गत जेठ २९ गते बेलुका २४ वर्षीय युवतीलाई विभिन्न प्रलोभनमा पारेर काठमाडौंको भोटेबहालमा रहेको एक गेस्ट हाउसमा लगी करणी गरेको उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो। होटेलमा बोलाएर पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाएर करणी गरेपछि युवतीको साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटेर लगेको भन्दै जेठ ३१ गते प्रहरीमा उजुरी दिएकी थिइन्। तामाङ विरुद् मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय २१९ को जबरजस्ती करणी गर्न नहुने र परिच्छेद-२० को देहाय २४१ को चोरी गर्न नहुने कसुरमा अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै