Comments Add Comment

२ नेपाली महिला माथि सामुहिक बलात्कार गर्ने ४ जना भारतीय नागरिक पक्राउ

न्युज24ग्यालेक्सी(क्राईमबिट) दाङ । भारतको उत्तर प्रदेश स्थिति बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको अभियोगमा चार जना भारतीय युवालाई पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले गरेका छन्।

‘घटना स्थल भारतीय क्षेत्र हो । शंकास्पद चार जनालाई हरैया थानाले नियन्त्रणमा लिएको छ’ उनले भने, ‘यो घटनाको एफआईआर हरैया थानामा दर्ता हुन्छ र त्यहीँबाट कानुनी प्रक्रिया अघि बढ्छ ।’भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका–६ खांग्रा निवासी २ जना महिलालाई बलात्कार गरेको र चार जना माथि कुटपिट गरेको जानकारी आएपछी नेपाल र भारत पक्षका सुरक्षा अधिकारीहरु घटना स्थल पुगेका थिए ।

खांग्रा नाकामा बसोवास गर्ने नेपालीहरु खाद्यान्न किन्नको लागि भारतीय बजार मनिपुर जाने गर्छन । विचमा चार किलोमिटर जंगलको बाटो पर्छ । त्यहीँ जंगलमा भारतीय लुटेराहरुले महिला माथि जबरजस्ती गरेको, कुटपिट र लुटपाट गरेको प्रहरी स्रोतले जनाएको छ ।खांग्रा नाका पुग्न राजपुर–५ जंग्रहवाको सडक भएपनि बर्खाका कारण सडक बिग्रेको छ । कोइलावास हुदै भारतीय भुमि प्रयोग गरेर खांग्रा पुग्नुपर्ने बाध्यता छ । ‘राम्रोसँग फोन लाग्दैन । त्यहाँ पुग्न सजिलो बाटो छैन’ डिएसपी रिजालले भने, ‘खांग्रा प्रहरी चौकीको टोलीलाई परिचालन गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै