Comments Add Comment

Advertisment

SKIP THIS

बोराभित्र एक जनाको शव फेला

१३ असार , काठमाडौं । जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ ।

प्रहरीका अनुसार आइतबार बेलुकी वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो । ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिले र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करिब ४५ वर्ष उमेरको पुरूषको शव फेला परेको र उनको पहिचान खुलेको छैन ।

शवलाई धरान लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै