Comments Add Comment

Advertisment

SKIP THIS

एनआईसीको मोबाइल एपबाट जहाजको टिकट काट्दा २०% ‘क्यास व्याक’

१३ असार , काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन्स्को टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

आषाढ १२ देखि १८ गतेसम्म लागू हुने यस योजनामा बैंकका ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप मोबाइल बैंकिङमार्फत् पहिलो टिकट बुकिङमा ५ सय रुपैयाँ अधिकतम तथा दोश्रो पटकबाट सय रुपैयाँसम्म क्यास व्याक प्राप्त हुनेछ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने बैंकको योजना छ । एनआइसी मुलुकभर ३५९ शाखा, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

देशको कुल जनसंख्यामध्ये २० देखि ५० वर्ष उमेरका आर्थिक रूपमा सक्रिय जनसंख्याको २५% लाई यस बैंकले सेवा दिन सफल भएको छ । यो बैंकले वार्षिक ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै