Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे बस्ने

१३ असार , काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बीचको विवाद समाधानका लागि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले राखेको सवैदलीय बैठकमा सहमति जुटेपछि बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दिउँसो १ बजेटका लागि सरिएको हो ।

बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै असार १२ गतेदेखि प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा अवरोध गर्दै आएको थियो । एमालेको अवरोधका कारण रोकिएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि आह्वान गरिएको थियो । उक्त बैठकमा एमालेको अवरोध कायम रहने देखिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले सर्वदलीय बैठक राखेका थिए ।

सो बैठकमा सरकार पक्षबीच सहमति जुटेको हो । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्षका तर्फबाट दलका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । प्रदेशसभाको बैठकमा एमालेले राखेका मागका विषयमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले धारणा व्यक्त गर्ने भएका छन् । एमालेको उठाएका विषयहरुलाई सम्बोधन गर्ने गरी सरकारको धारणा आउने सहमति जुटेको हो ।

सरकारको धारणापछि एमालेले बैठक सञ्चालन गर्न दिने वा नदिने निर्णय गर्ने नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए । ‘सर्वदलीय बैठकमा हामीले हाम्रो माग प्रष्ट राखेका छौ । हामीले माग गरेअनुसार सरकारको धारणा आएमा सदन चल्न दिने सहमति भएको छ’ उनले भने, ‘अब सरकारले प्रतिपक्ष दलले उठाएको विषयमा कस्तो धारणा राख्नेछ । त्यसपछि हामी निर्णयमा पुग्छौं ।

सदन सञ्चालनमा एमाले बाधक होइन । सरकारले गरेका गल्ति कमजोरीलाई सच्याउँदै जनहितका काममा अघि बढ्नुपर्छ भन्ने माग हो । जनतालाई विभेद गर्ने र असमान बजेट वितरण गरेर आर्थिक भार पार्ने काम बन्द गर्नुपर्छ भन्ने हामीले राखेको माग हो । सरकार पक्ष पनि यसमा सकारात्मक नै देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै