Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी उमेश राज जोशीद्वारा ललितपुरको झम्सीखेल चेकमा नयाँ ट्राफिक लाइट उदघाटन

१६ असार , काठमाडौं । उपत्यका ट्राफिक प्रमुख एसएसपी उमेश राज जोशीको प्रमुख आतिथ्यमा र ललितपुर महानगरपालिका वडा नं. ३ को सहकार्यमा झम्सीखेल चेकमा सेन्टरलाइज ट्राफिक लाइट उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौ उपत्यकाकाे सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले तिव्र गतिमा काम गर्दै आएको छ ।उपत्यकाका विभिन्न ठाउँमा विभिन्न संघसंस्थाकाे सहयोग तथा सहकार्यमा ट्राफिक लाइटहरु जडान गरेर सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरुवात गरिएको हाे । उपत्यकाका अधिकांश ठाउँमा अहिले ट्राफिक लाइटहरु जडान भएर संचालनमा छन् ।

उक्त उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी उमेश राज जोशीले उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौ, यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं । प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको जोशीले बताए । एसएसपी जोशीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए।

उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा कार्यक्रममा प्रहरी नायव बालनर सिंह राणा,सन्तोष रोकाय,सुवास खड्का तथा प्रहरी निरीक्षक,प्रहरी अधिकारीहरुकाे सहभागीता रहेको थियोे । जाउलाखेल ट्राफिक प्रमुख मिलन सिंहको विशेष पहलमा उक्त ट्राफिक लाइट जडान गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै