Comments Add Comment

Advertisment

SKIP THIS

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

२२ असार , काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो ।

त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाएको विषयलाई लिएर पनि उनी विवादमा तानिएका थिए । यससँगै उनलाई राजीनामा दिन विपक्षी नेकपा एमाले तथा सत्तारुढ गठबन्धनकै केही नेताहरूले समेत आग्रह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै