Comments Add Comment

Advertisment

SKIP THIS

लम्साल इजिप्टका लागि राजदूत नियुक्त

२७ असार , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । त्यस्तै भण्डारीले भरतकुमार रेग्मी गणतन्त्र अस्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरेकी छन् ।

भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै