Comments Add Comment

Advertisment

SKIP THIS

सरकारले ल्याएको अर्थनीति सही : सांसद देव

२८ असार , काठमाडौ । सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले पनि मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको देखाएको बताएका हुन् ।

‘नेपाल श्रीलंकाको बाटोमा गएको छैन, नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले सकारात्मक रुपमा अघि बढेको देखाएको छ’, उनले भने , ‘नेपालले लिएको अर्थनीति सही छ ।’ उनले श्रीलंकाको गलत अर्थनीति, आम भ्रष्टाचार, परिवारवाद र सरकारको गलत व्यवस्थापनले गर्दा अहिलेको अवस्था आएको तर नेपालको अवस्था त्यो नभएको बताए ।

‘नेपालले कस्ता प्रकृतिका ऋण लिने र कस्ता नलिने भन्ने बारेमा अर्थशास्त्री र राजनीतिक दलले छलफल गर्नुपर्छ’, उनले भने, ‘वीआरआई, एमसिसी वा अन्य सबै ऋण लिने कुरामा पहिला कस्तो ऋण हो, आवश्यक छ कि छैन भन्ने विषयमा वृहत परामर्श हुनुपर्छ, मित्रराष्ट्रलाई खुसी पार्न होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै