३१ असार , काठमाडौं । अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।डीएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो ।
शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।







