Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्च अदालतमा आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ

३१ असार , काठमाडौं । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ सकिँदैछ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो। आज रिट निवेदक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले जवाफ दिनेछन् ।

आज जवाफी बहस सकिएपछि कामु प्रधानन्यायाधीश कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ।

आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

रिटमा पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गरेका छन् । उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उनले रिट दायर गरेका छन् ।

सरकारले वैशाख १८ मा सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै