Comments Add Comment

Advertisment

SKIP THIS

उर्जा सङ्कट भोग्दै युरोपिनहरु

जुलाई ११ देखि २१ तारिखसम्म रूस र युरोपबीचको ग्यासको ढुवानी गर्ने सबभन्दा ठूलो पाइप लाइनको काम बन्द गरिएको छ। यो समय युरोपले हिउँदे ऋतुका लागि ग्यास भण्डारण गर्न महत्वपूर्ण अवधि हो। सो ढुवानी बन्दको समस्याका कारण युरोप चिन्तित बनिरहेको देखिन्छ।
रूस र युक्रेनबीचको लडाईँ सुरुभएदेखि युरोपले अमेरिकापछि रूसमाथि नाकाबन्दी लगाउँदै आएको छ र यसको कारण रूसले युरोपलाई ग्यास उपलब्ध गर्ने मात्रा कम बनाएको छ। अहिलेसम्म युरोपमा ग्यासको मूल्य बृद्धि भई झन् महङ्गो बनेको छ तर युरोपले हाल रूसी ग्यासको प्रतिस्थापन खोजेको छैन।
यस बाहेक उर्जा श्रोतको अभावबाट आएको मुद्रास्फितीले युरोप र त्यहाँका जनताको जीवनलाई समस्या परेको छ। युरोपियन राजनैतिज्ञहरूबाट रूसमाथि लगाइएको नाकाबन्दीले आफ्ना जनताले उल्टो दुःख भोग्नु परेको देखिन्छ। धेरैभन्दा धेरै युरोपिनहरूले आफू रूस तथा युक्रेनको लडाईँमा परी पीडित बनेको सोचेका छन्।
उक्त वास्तविकताबाट हेर्दा एक पक्षीय नाकाबन्दीले समस्याको समाधान गर्न सक्दैन् बरु अरू नयाँ समस्या जन्माएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै