३२ असार , काठमाडौं । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


