Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्री हेरफेरका कारण विधेयक पास हुन सकेनन् : सभामुख अग्निप्रसाद सापकोटा

२ श्रावण , काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको टिप्पणी गरेका छन् । साेमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले मन्त्री हेरफेरका कारण ढिलाइ पनि भएको बताए ।

संसद्‍ विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको उनले बताए । सभामुख सापकाेटाले केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेकाे बताए ।

उनले भने, ‘याे बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो याेग्यताकाे परख गर्ने वातावरण बनेको थिएन ।’

नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेकाे पनि सभामुख सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै