Comments Add Comment

Advertisment

SKIP THIS

यस वर्षको पहिलो ६ महिनामा चीनको आर्थिक वृद्धिदर 2.5 प्रतिशत

२ श्रावण , काठमाडौं । हालै चीनले सन् 2022 को पहिलो ६ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ। चीनको कूल गार्हस्थ उत्पादन (जीडीपी) 560 खर्ब चिनियाँ युआन नाघेको छ जुन वार्षिक रूपमा 2.5 प्रतिशतले बढेको छ।

अघिल्लो उच्च वृद्धिको तुलनामा यस वर्षको पहिलो छ महिनामा आर्थिक वृद्धि सुस्त भएपनि यस वर्षको विशेष आर्थिक वातावरणले चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका प्रवक्ता फु लिन ह्वैको भनाइमा चीनको अर्थतन्त्रका लागि झट्का सहन र वृद्धिलाई कायम राख्न सजिलो छैन।

यस वर्षको दोस्रो आधामा चीनको अर्थतन्त्रले अझै पनि उचित दायरा कायम राख्न धेरै कठिनाइहरूको सामना गरिरहेको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङले हालै आर्थिक अवस्थाको विश्लेषण गर्न विज्ञ र उद्यमीहरूको गोष्ठी आयोजना गर्नुभएको थियो। उहाँले आगामी आर्थिक कार्यमा उद्यमहरूलाई कठिनाइहरू समाधान गर्न मद्दत गर्ने विभिन्न नीतिहरू प्रभावकारी नतिजा सुनिश्चित गर्न कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो। एकै समयमा, खुलापन विस्तार जारी राख्ने र अन्तर्राष्ट्रिय सहयोगी उद्यमहरूलाई समर्थन गर्ने प्रधानमन्त्री लीले औल्याउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै