Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत

३ साउन , काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताए । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये झन्डै १० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक महिनामा सक्रिय सङ्क्रमित १ हजार ७ सय ७६ पुगेको छ, यसमध्ये काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै १ हजार १ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । धेरैजसोमा अहिले ओमिक्रोनको उपप्रजाति बीए टू र अन्यमा बीए वान र बीए फाइभ पुष्टि भएको छ।

कोराेना भाइरसको सङ्क्रमण कम भएसँगै पछिल्लो समय लापरबाही र हेलचेक्र्याइँ बढ्दै गएको छ । विज्ञले जनस्वास्थ्यका मापदण्ड पालनामा गम्भीर हुन र कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेका छन् । सकेसम्म भिडभाडमा नजान, मास्कको प्रयोग गर्न र खोप लगाउन डाक्टरको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै