Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डद्वारा बाबुरामसँग पार्टी एकताको प्रस्ताव

५ साउन , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वाम पार्टीबीच एकताका लागि प्रस्ताव अघि सारेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बिहीबार अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राखेका हुन् ।

ललितपुरको हात्तीवन हाउजिङस्थित प्रचण्ड र बाबुरामबीच प्रचण्डका भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा छलफल भएको हो । बाबुराम निकट एक नेताका अनुसार बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म उनीहरुबीच छलफल भएको थियो ।

सो छलफलमा अध्यक्ष प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेका हुन् । माओवादी केन्द्रसँग एकता गर्न भट्टराईले नमानेपछि प्रचण्डले तीन पार्टीबीच एकता गरेर जानुपर्ने बताएको ती नेताले बताए ।

पार्टी एकता गर्दा नेकपा समाजवादी केन्द्र नाम राखेर जान सकिने प्रचण्डले प्रस्ताव गरेको बताइएको छ । अध्यक्ष प्रचण्डको प्रस्ताव सकारात्मक भएको भट्टराईनिकट ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै