Comments Add Comment

Advertisment

SKIP THIS

लिम्बुवान-किरात प्रदेशको माग गर्दै प्रदर्शन

५ साउन , काठमाडौं । लिम्बुवान-किरात प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । विभिन्न पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान-किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । विभिन्न जिल्लाबाट विराटनगर आएका उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् । उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नाम हुनुपर्नेमा माग गर्दै नाराबाजी गरका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै