५ साउन , काठमाडौं । आज सेयर बजारमा सामान्य करेक्सन आएको छ । बजारमा बिहीबार ५.८७ अंकको करेक्सन आयो ।
यसले बजार २०४४.७२ बिन्दुमा झरेको छ । बिहीबार कुल २२५ कम्पनीको २७ हजार ५२२ वटा कारोबारबाट ३९ लाख ८ हजार ३९५ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ र ‘अन्य’बाहेक सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै व्यापार उपसमूहका लगानीकर्ताले गुमाएका छन् । बिहीबार सेन्ट्रल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स डिभेन्चरको सेयर मूल्य सबैभन्दा धेरै ६.७१ प्रतिशतले घटेको छ । बिहीबार शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।



