Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से २७ अङ्कले घट्याे

६ साउन , काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव २६ अङ्कले घटेकाे छ । आज २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ ।

आज सबै समूहकाे शेयर घटेकाेमा उत्पादन, बीमा, विकास बैंक, हाेटल तथा पर्यटन र व्यापार समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ । आज दुई सय १२ वटा कम्पनीकाे ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सप्तकाेशी विकास बैंककाे शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तकाे शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै