Comments Add Comment

Advertisment

SKIP THIS

स्विडेन महिला युरोकपको सेमिफाइनलमा

७ साउन , काठमाडौँ । स्विडेन इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो ।

खेलमा स्विडेनले दबाब राखेको थियो। इन्जुरी समयमा लिन्डा सेम्ब्रान्टले गरेको एक गोल नै निर्णायक बन्यो ।

यससँगै बेल्जियम प्रतियोगितबाट बाहिरिएको छ। अब स्विडेनले अन्तिम चारमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै