Comments Add Comment

Advertisment

SKIP THIS

तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा, सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोप

९ साउन , काठमाडौँ । चिनियाँ नागरिकले सञ्चालन गरेको काठमाडौंको तीनकुनेस्थित एक कलमा छापा मारेको छ । उक्त कल सेन्टरबाट कल बाइपास तथा सामाजिक सञ्जालमार्फत ठगी भइरहेको आशंकामा छापा मारेको प्रहरीले बताएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले कल सेन्टरमा छापा हानेका बताएका छन् ।

प्रहरीले उक्त कल सेन्टरको कम्प्युटर, ल्यापटप लगायतका सामग्री नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ मा सञ्चालित एक कल सेन्टरमा प्रहरीले आइतवार छापा हानेको थियो । उक्त कल सेन्टरबाट १ सय ५० युवायुवती पक्राउ परेका थिए । ती कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’ मा पारेको प्रहरीमा उजुरी परेको थियो । उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ ।

एक जना भारतीय नागरिक समेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा प¥यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment