Comments Add Comment

Advertisment

SKIP THIS

‘नो पार्किङ’मा रहेको मन्त्री इश्तियाकको गाडीलाई ट्राफिक प्रहरीले तिरायो जरिवाना

९ साउन , काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ।

बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना लगाएको हो।

आज बिहान ट्राफिक प्रहरी जवान सुरेद्न सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन्।

यो गाडीको प्रयोगकर्तामा ‘माननिय मोहम्मद इश्तियाक राई’ लेखिएको छ।

गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो।

उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन। सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मीरा चौधरीले अवैध रूपमा पार्किङमा रहेको गाडीलाई कारबाही गरिएको जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै