Comments Add Comment

कोरोना महामारीमा चीनबाट फर्किएका नेपाली विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने

९ साउन , काठमाडौँ । चीनमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्। थप अध्ययनका लागि चीन जान नपाएका ती विद्यार्थीले नेपालमै २ वर्ष इन्टर्नसिप गर्न पाउने भएका नेपाल भ्युज अनलाइनले लेखेको छ।
सन् २०१६ ब्याचका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका हुन्। कोभिड–१९ महामारीका कारण स्वदेश फर्किएका तर थप अध्ययनका लागि चीन जान नपाएका ती विद्यार्थीलाई यो सुविधा दिइएको छ।

त्यसका लागि नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगसँगको सहमतिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। यो निर्णयसँगै करिब १३५ जना विद्यार्थीले नेपालमै चिकित्कीय अभ्यास तथा तालिम गर्न पाउने भएका छन्। विद्यार्थीहरूलाई अपुग प्रयोगात्मक अभ्यास एक वर्ष र एक वर्ष इन्टर्नसिप गरी जम्मा दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्न भनिएको छ।

सन् २०१५ मा चाइनिज मिडियम र सन् २०१६ मा अङ्ग्रेजी मिडियममा भर्ना भएका विद्यार्थीले उक्त मौका पाउने काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताउनुभयो। त्यसभन्दा पछाडिका विद्यार्थीलाई भने चीन नै फिर्ता पठाउने प्रक्रिया अघि बढेको डा. अधिकारीले बताउनुभयो।

कोरोना महामारीका कारण २०७६ माघमा नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका थिए। सन् २०१७ पछि ब्याचका विद्यार्थीले भने नेपालमा इन्टर्नसिप गर्न नपाउने भएका छन्। उनीहरूलाई चीन नै फर्काउने प्रक्रिया अघि बढिसकेको रजिस्ट्रार डा. अधिकारीले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै