१० साउन , काठमाडौं । १७ वर्षभन्दा लामो समयसम्म चीनको फू च्यान प्रान्तमा काम गर्नुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले सधैं नै कम्युनिष्ट पार्टीको विचारधारा र भावनालाई कायम राख्नुभएको छ। उहाँको नेतृत्वमा फू च्यान प्रान्तका जनताहरूले अथक प्रयासमार्फत आर्थिक, सांस्कृतिक, जनजीवन, शैक्षिक र विज्ञान प्रविधि आदि क्षेत्रमा सिर्जनशील प्रगति प्राप्त गर्दै आएका छन्। हाल फू च्यान प्रान्त विपन्न र पिछडिएको अवस्थाबाट मुक्ति भई आर्थिक मिलिजुली शक्ति अपेक्षाकृत विसकित भइरहेको प्रान्तको रूपमा परिणत गरिएको छ।
राष्ट्राध्यक्ष सी चिन फिङ भन्नुभए झैं हरिया पहाड र स्वच्छ पानी मूल्यवान् धनसम्पत्ति हो। विपन्न पहाडी क्षेत्रमा हरियो भन्ने पुनरूत्थानको मुख्य रङग हुनुका साथै गरिबी निवारणको तरिका पनि हो। अर्कातिर आधुनिक र समृद्ध शहरमा हरियो भन्ने मानिस बस्ने वातावरणको सुधार गरिने उज्ज्यालो रङग हुनुका साथै आनन्दसँग जीवन बिताउने एक किसिमको शैली रहेको छ। फू च्यान प्रान्तमा काम गर्दाको अवधिमा राष्ट्राध्यक्ष सीले पर्यावरणीय सभ्यता विशेषत: वनस्पतिको संरक्षण भन्ने विषयमा निकै महत्व दिँदै आउनुभएको छ।
उहाँका अनुसार, फू च्यान प्रान्तको प्राकृतिक वातावरण निकै राम्रो भएको र वनस्पतिको आधार बलियो रहेकाले फू च्यानलाई वनस्पति विशेषता बोकेको सशक्त प्रान्तको रूपमा निर्माण गर्नु नै युगको र इतिहासको आग्रह रहेको छ। उहाँले जनतालाई प्रोत्साहन गर्नुका साथै अनेकन् वास्तविक कदम पनि चाल्नुभएको छ।

त्यसैगरी फू च्यानमा लुकेका निहित हरित स्रोतलाई निरन्तर रूपमा विकासको पूँजी बनाएर स्थनीय बासिन्दालाई वास्तविक नाफा पनि सिर्जना गरेको छ। वनस्पतिबाट विभिन्न पुस्ताका फू च्यानवासीहरूको जीवनको सुधार गरिनु बाहेक फू च्यानवासीको दृढ र साहसी भावनालाई पनि हुर्काइएको छ।







