Comments Add Comment

Advertisment

SKIP THIS

झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

१२ साउन , काठमाडौं । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का संजिप इम्सङ लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment