Comments Add Comment

Advertisment

SKIP THIS

सर्बियालीहरूका आँखामा हंगेरी-सर्बिया रेलमार्ग

१३ साउन , काठमाडौँ । सन् २०१३ को सेप्टेम्बर र अक्टोबरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्रमशःकजाकिस्तान र इन्डोनेशियाको भ्रमण गर्नुभएको थियो। राष्ट्राध्यक्ष सीले रेशमी मार्गको आर्थिक पेटी र २१औँ शताब्दीको समुद्री रेशमी मार्ग अर्थात् “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्व र प्रबर्द्धनमा “बेल्ट एण्ड रोड” को साझा निर्माण स्थिरताका साथ अगाडि बढाइएको छ। “बेल्ट एण्ड रोड” प्रस्तावले विश्वको साझा विकास र समृद्धि बढाउन र मानव भाग्य समुदायको सिर्जना गर्नका लागि शक्ति थपिदिएको छ।

“बेल्ट एण्ड रोड” को साझा निर्माणले फरक मुलुकका जनताको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। हंगेरी-सर्बिया रेलमार्गमध्ये बेलग्रेडदेखि नोभीसेडसम्मको रेलमार्ग संचालन भएपछि सर्बियाका सर्वसाधारणको यात्रा सुविधाजनक भएको छ।

एक नयाँ डबल डेकर रेल सर्बियाको राजधानी बेलग्रेडको केन्द्रीय स्टेशनमा आइपुगेको छ। प्लेटफर्मबाट विद्यार्थी अलेक्जेन्डर र उनका साथीहरू छिटो रुपमा रेलमा प्रवेश गरेका छन्। प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा गुड्ने रेल चढ्नका लागि अलेक्जेन्डर र साथीहरू प्लेटफर्ममा दुई घण्टा पर्खेका छन्। अलेक्जेन्डर भन्छन् “मैले रेल र द्रुत गतिको रेलमार्गको अनुभव गर्ने आशा लिएको छु। हेरौँ, हामी कति समयमा नोभीसेड पुग्नसक्छौँ।”

यो रेलमा अलेक्जेन्डरजस्तै द्रुत गतिको रेलको अनुभव गर्ने युवा विद्यार्थीहरूबाहेक, रेलमार्गबाट जीवन र काममा परिवर्तन पाएका प्रौढहरू पनि छन्। जेलेना इलिकको घर सर्बियाको उत्तरी शहर नोभीसेडमा पर्दछ। तर उनी बेलग्रेडमा काम गर्छिन्। उनी सन् २०१४ देखि रेलद्वारा दुई शहर आवज-जावत गर्दैआएकी छिन्। उनको विचारमा नयाँ द्रुत गतिको रेलमार्ग “प्रकाशको गति” जस्तै छ। उनी भन्छिन् “बितेका वर्षहरूमा मैले रेल चढेको समय तीन हजार घण्टाभन्दा बढी पुगेको छ। हाल दुई शहरबीच नयाँ द्रुत गतिको रेलद्वारा आधा घण्टामा पुग्नसकिन्छ। मेरो विचारमा द्रुत गतिको रेलको गति प्रकाशजस्तै छ।”

पहिलेको बेलग्रेड-नोभीसेड रेलमार्ग १९औँ शताब्दीको अन्त्यमा निर्माण गरिएको थियो। लामो समययता रेलमार्गको म‍र्मत भएको थिएन। रेलमार्गको उपकरण सबै पुरानो भइसकेको छ। यो रेलको औसत गति प्रतिघण्टा करीब चालीस किलोमिटर छ। हाल आधा घण्टामा यात्रा तय हुने जेलेनाले बिताइन्। उनले पुरानो रेलमा साढे पाँच घण्टा बिताउने गर्थिन्। उनी भन्छिन् “पहिला रेलमा प्रवेश गरेपछि कुन साहसिक कामले पर्खेको छ भन्ने हुन्थ्यो। अब नयाँ रेल एउटा खुशीको यात्रा बनेको छ।”

सर्बियाका सर्वसाधारणका लागि हंगेरी-सर्बिया रेलमार्गमध्ये बेलग्रेडदेखि नोभीसेडसम्मको रेलमार्ग चालू वर्षको मार्च महिनामा संचालनमा आएपछि रेलको यात्रा “साहसिक काम” बाट खुशीयाली यात्रा बनेको छ। हाल बेलग्रेडदेखि नोभीसेडसम्मको रेल टिकटको आपूर्तिभन्दा माग धेरै छ।

हंगेरी-सर्बिया रेलमार्ग चीन र मध्य तथा पूर्वी यूरोपेली मुलुकहरूले “बेल्ट एण्ड रोड” को संयुक्त रुपमा निर्माण गर्ने महत्त्वपूर्ण परियोजना हो। हाल चिनियाँ रेलमार्ग समूहले सर्बियाका सहयोगात्मक साझेदारसँग हंगेरी-सर्बिया रेलमार्गमध्येको अन्तिम भागको निर्माण गर्दैआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै