Comments Add Comment

Advertisment

SKIP THIS

स्याङ्जामा सवारी कारबाहीबाट ७१ लाख राजस्व संकलन

१४ साउन , काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७८/७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो ।

सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए।

गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार छ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा रु ११ लाख ३७ हजार पाँच सय राजस्व संकलन गरेको थियो ।

कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार छ सय १३ सवारी साधन कारबाहीमा परेका थिए ।

गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले तीन लाख ३७ हजार पाँच सय, भदौमा तीन लाख ९५ हजार पाँच सय, असोजमा चार लाख ८४ हजार पाँच सय, कात्तिकमा छ लाख ६५ हजार, मङ्सिरमा चार लाख ८५ हजार पाँच सय, पुसमा चार लाख ८५ हजार, माघमा पाँच लाख ३१ हजार, फागुनमा पाँच लाख ७१ हजार, चैतमा छ लाख १४ हजार, वैशाखमा छ लाख ६४ हजार पाँच सय, जेठमा सात लाख ७१ हजार पाँच सय र असारमा ११ लाख ३७ हजार पाँच सय गरी कूल ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै