१६ साउन , काठमाडौं । भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एउटा ठूलो दुर्घटना भएको छ । एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएक छन् । घटनालगत्तै यात्रलाई अस्पताल पुर्याइयो ।
भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइपुडी अस्पताल रिफर गरिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण भएको हो जुन पिकअप भ्यानको पछिल्लो हिस्सामा राखिएको थियो । प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ तर चालक भने फरार छन् ।
West Bengal | 10 people died & others got injured when the vehicle in which they were traveling got electrocuted in Cooch Behar.Preliminary inquiry reveals that it might be due to wiring of the generator (DJ system) which was fitted at the rear of the vehicle: Mathabhanga Addl SP pic.twitter.com/m6xhU9DtaG
— ANI (@ANI) July 31, 2022






