Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकाको केन्टुकीमा बाढी : ज्यान गुमाउनेको संख्या ३७ पुग्यो

१७ साउन , काठमाडौं । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ ।
बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै