Comments Add Comment

म्याग्दीका एक हजार घरधुरी पहिरोको जोखिममा

१९ साउन , काठमाडौं । म्याग्दी जिल्लाको बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिए।

धौलागिरिको लमसुङ, खोरीया, दर, मराङ, ताकम, मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, मङ्गलाको खर्सुपानी, हाँडेभिर, बेनी नगरपालिकाको सिङ्गा तातोपानी, भकिम्ली, पुलाचौर, भसभसे, घतान, पात्लेखेत, रघुगङ्गाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाममा पहिराको जोखिम रहेको कार्यालयले जनाएको छ ।

यसैगरी म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुबेँसी, सहश्रधारा, शेरफाँट, हाँडेभिर, पिपलचौतारी, पानाबगर, काशेबगर, ताराखेत, सिङ्गा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै