१० निर्माण कम्पनी २ वर्षसम्म कालोसूचीमा -
Comments Add Comment

१० निर्माण कम्पनी २ वर्षसम्म कालोसूचीमा

१९ साउन , काठमाडौं । समयमा काम नगर्ने १० निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

पटक–पटक ताकेता गर्दा पनि सम्पन्न नगरेकाले कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यलयले जनाएको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै यसको जानकारी गराएको हो । कार्यालयका अनुसार यी कम्पनीलाई कालोसूचीमा राख्नका लागि विभिन्न सार्वजनिक संस्थाले सिफारिस गरेका थिए ।

कालोसूचीमा राखिएका कम्पनीले १ देखि २ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । चन्द्र सूर्य निर्माण सेवा, छथर निर्माण सेवा, एलबी एण्ड एबी बिल्डर्स, मनन कन्स्ट्रक्सन, एमएस मिसु ट्रेडिङ निर्माण कम्पनीले शहरी विकास तथा पालिकाका आयोजना अलपत्र पारेका थिए ।

ती कम्पनीले १ वर्षसम्मका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । यसैगरी सुनकोसी कन्स्ट्रक्सन नेपाललाई भने २ वर्ष ३ महिनाका लागि कालोसूचीमा राखेको छ ।

यो कम्पनीले सडक बोर्ड नेपालअन्तर्गत् निर्माणाधीन सडक अलपत्र पारेको थियो । नताशा निर्माण सेवा, नश कन्सर्न र सहारा निर्माण सेवा १ वर्षका लागि कालोसूचीमा परेका छन् ।

नताशा निर्माण सेवाले ४ वटा निर्माणाधीन आयोजनाको काम अलपत्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै