२० साउन , काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ । पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ ।
साथै, केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिनका लागि बैठक बोलाइएको बताइएको छ । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी छ ।
यस्तै, बैठकले नेता तथा कार्यकर्ताहरूको कार्यविभाजनसम्बन्धी पनि निर्णय गर्ने तयारी छ । बैठकमा मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।



