२० साउन , काठमाडौं । न्यायको माग गर्दै आमरण अनशन बसेका निहारिका राजपुत पक्राउ परेका छन् । यसअघि आफूसँग गरेको पाँच बुँदे सहमति सरकारले पालना नगरेको भन्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी उनलाई दूधे छोरासहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि पाँच बुँदै सहमति पालना गर्नुपर्ने माग राख्दै आमरण अनशन बस्दै आएका थिए । यसअघि सरकारसँग भएको पाँच बुँदे सहमतिपछि उनले अनशन ताडेका थिए । तर उक्त सहमति पालना नगरेपछि उनी फेरि अनशन बसेका हुन् ।
आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएका छन् ।


