Comments Add Comment

Advertisment

SKIP THIS

टेलिकम कम्पनीले एक महिनामै गुमाए ४ लाख ग्राहक

२० साउन , काठमाडौं । एक महिनाको अवधिमा नेपालका दूरसञ्चार सेवाप्रदायकले करिब चार लाख प्रयोगकर्ता गुमाएका छन् । यसअन्तर्गत सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल टेलिकमले धेरै ग्राहक गुमाएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टअनुसार गत चैतसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका गरी कुल चार करोड २४ लाख ७३ हजार प्रयोगकर्ता थिए । प्राधिकरणको वैशाखसम्मको रिपोर्टलाई आधार मान्दा एक महिनामै करिब चार लाख प्रयोगकर्ता घटेका छन् ।

वैशाखसम्म दूरसञ्चार सेवा प्रयोगकर्ता चार करोड २० लाख ८८ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यसअन्तर्गत सबैभन्दा बढी नेपाल टेलिकमका ग्राहक घटेका छन् । चैतमा टेलिकमका दुई करोड ३२ लाख ३१ हजार ग्राहक रहेकोमा वैशाखमा घटेर दुई करोड २८ लाख ८१ हजार पुगेको देखिन्छ । यो हिसाबले टेलिमकले मात्रै तीन लाख ५० हजारभन्दा बढी ग्राहक गुमाएको छ ।

त्यस्तै यो अवधिमा एनसेलले ३६ हजारभन्दा बढी ग्रहक गुमाएको छ । चैतमा एक करोड ६८ लाख ६७ हजारभन्दा बढी ग्राहक रहेकोमा वैशाखमा घटेर एक करोड ६८ लाख ३१ हजारमा सीमित भएको छ । यसरी मोबाइल प्रयोगकर्ताको संख्यामा ठूलो गिरावट आउँदा समग्र नेपालकै मोबाइल तथा टेलिफोन सेवाको पहुँच समेत खुम्चिएको छ ।

चैतमा १४२।६८ प्रतिशत रहेको नेपालको मोबाइल तथा टेलिफोन पहुँच वैशाखमा आइपुग्दा घटेर १४१।३८ सीमित भएको छ । फागुनसम्ममा घटेर १२९।७९ प्रतिशतमा सीमित भएको छ ।

यसरी समग्र नेपालकै मोबाइल तथा टेलिफोन सेवाको पहुँचमा असर पर्ने गरी देखिएको ग्राहकको कमिको कारण के हो त रु टेलिकम कम्पनीहरुका अनुसार वास्तवमा यो ग्राहक घटेका भने होइनन् ।

यसअघिका महिनाहरुमा पुराना निष्कृय रहेका सिम कार्ड समेत गणना हुँदै आएकोमा त्यसलाई अलग्याएर तथ्याङ्क अद्यावधिक गराउँदा यस्तो देखिन पुगेको बताएका छन् ।

नेपालका टेलिकम कम्पनीहरुले ६ महिनाभन्दा लामो समयदेखि निष्क्रिय रहेका सिमकार्डहरुलाई पुनः प्रयोगमा ल्याउने गरेका छन् ।

अझ पछिल्लो समय टेलिकम सेवा प्रदायकसँग सिमकार्डका लागि उपलब्ध रेञ्जमा नम्बरहरु समाप्त हुन थालेको छ । यस्तोमा पुराना तथा निष्क्रिय नम्बरलाई पुनः प्रयोगमा ल्याउनुपर्ने बाध्यता समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै