२२ साउन , काठमाडौं । नेपाल विद्यार्थी संघले (नेविसंघ) त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाएको ताला खोलेको छ । नेविसंघले आइतबार बिहान सबै आन्दोलन फिर्ता गर्दै तालाबन्दी खोलेको हो ।
परीक्षा स्थगन भई सेवा आयोग अध्यक्षको पद रिक्त भएकाले पदपूर्ति नहुन्जेलसम्म सम्पूर्ण आन्दोलन फिर्ता तत्काललाई तालाबन्दी खोलिएको नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले जनाएको छ ।
नेविसंघ त्रिवि समितिले हालै सेवा आयोग अध्यक्षको पदावधी सकिएका प्रा. डा. लालुप्रसाद पौडेलले आफ्नो पदावधि सकिने दिनमा नाटकीय रुपमा अन्तवार्ता गरी व्यक्तिगत र राजनितिक पार्टीका कार्यकर्ता सेवा आयोगमार्फत भर्ति गरी आफ्नो अभिष्ट पुरा गर्न खोजेको भन्दै नेविसंघले आन्दोलन सुरु गरेको थियो ।



