Comments Add Comment

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खड्का चीन जाँदै

२४ साउन , काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा. खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गत हुनेछ । भ्रमणका बेला डा. खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै