Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा कन्टेनरभित्र पुरुषको शव फेला

२४ साउन , काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो । चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको छ । मृतकको पहिचान खुलेको छैन ।

चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

इनारमा एक पुरुषको शव फेला

मकवानपुरको बकैयामा पुरुषको शव फेला

तामाकोसी किनारमा पुरुषको शव फेला