Comments Add Comment

Advertisment

SKIP THIS

भन्सार छलि ल्याउँदै गरेको विभिन्न सामान सहित पक्राउ

२५ साउन , काठमाडौं । बलरा नगरपालिका-१ सेढवामा भारतबाट भन्सार छलि ल्याउँदै गरेको एलईडी ३५ थान र हटकेश २८ थान गरी करिब ७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सामान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सितामढी ग्राम पंचायत मनिहारी-१३ बस्ने २१ वर्षीय कबि कुमार बनिया र भारत रामनगरा- १० बस्ने २० वर्षीय सुनिल कुमार साह रहेका छन् । बीआर ३० पीए ३४०८ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरू फेला पारी टेम्पु चालक कबि कुमार र सुनिल कुमारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै